एजेन्सी । आईपीएल २०२५ का लागि अक्सन सुरु भइसकेको छ, जहाँ यस वर्ष ५७७ खेलाडीमाथि बोलकबोल हुनेछ । यो वर्ष अक्सनरको भूमिकामा मल्लिका सागर छिन् । मल्लिकाले आफ्नो करियर अमेरिकाको न्युयोर्कबाट सुरु गरेकी थिइन् । उनले इन्टरनेसनल अक्सन हाउस क्रिस्टिजमा काम गर्दै पहिलो भारतीय महिला अक्सनर बन्ने गौरव हासिल गरेकी हुन् । अब मल्लिका सागर बारे केही थप जानौं ।
मल्लिका सागरको करियर यात्रा
मल्लिकाले आफ्नो करियरको सुरुवात २००१ मा क्रिस्टिज मार्फत गरिन् । २६ वर्षको उमेरमा करियर सुरु गरेकी मल्लिका अहिले ४८ वर्षकी छिन् र उनले अक्सनरको रूपमा धेरै वर्षको अनुभव हासिल गरेकी छन् । आईपीएल मात्र होइन, उनी प्रो कबड्डी लिगको अक्सनरको रूपमा पनि काम गरिसकेकी छिन् । सन् २०२३ को आईपीएल अक्सनमा पनि उनी नै अक्सनर थिइन् ।
कति छ मल्लिकाको सम्पत्ति ?
रिपोर्ट अनुसार मल्लिका सागरको कुल सम्पत्ति लगभग १५ मिलियन डलर अर्थात् झन्डै १२६ करोड भारतीय रुपैयाँ रहेको छ । उनी विलासी जीवनशैली बिताउँछिन् । आईपीएलको सुरुवाती १० अक्सनमा रिचर्ड म्याडली अक्सनर थिए, तर पछिल्ला वर्षहरूमा बीसीसीआईले महिलालाई अवसर दिँदै आएको छ ।






