सप्तरी । सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालको तीन सय शय्याको भवन निर्माण छ वर्ष बितिसक्दा पनि पूरा भएको छैन । निर्माण कम्पनीसँग तीन वर्ष छ महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएपनि अझै भवन अधुरै छ ।
२०७५ सालमा रु ३१ करोड ६ लाख २० हजारको लागतमा सहरी विकास मन्त्रालयबाट निर्माण थालिएको यो भवन समयमा पूरा नहुँदा बहिरङ्ग र प्रसूति सेवा प्रभावित भएको छ ।
२०७५ पुस २६ गते तत्कालीन उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले भवनको शिलान्यास गरेका थिए । तर, निर्माण म्याद तीन पटक थप गर्दा पनि काम सम्पन्न हुन सकेको छैन ।
सघन सहरी तथा भवन निर्माण आयोजनाले निर्माण कम्पनीलाई आगामी पुसभित्र काम सम्पन्न गर्न निर्देशन दिएको छ ।




