एजेन्सी । ब्राजिलका विश्वकप विजेता तथा बालुन डि’ओर विजेता रोनाल्डो नाजेरियो विश्वका एक उत्कृष्ट स्ट्राइकरको रुपमा सँधै सम्झनामा रहिरहनेछन् । हाल ४४ वर्षका रोनाल्डो ला लिगा खेल्ने स्पेनिस क्लब रियल भालाडोलिडका मालिक हुन् ।
खेल पण्डितहरु रोनाल्डो इन्जुरीको समस्याबाट पीडित नभएको भए उनको गोल हान्ने क्षमतालाई कसैले टक्कर दिन नसक्ने बताउँछन् । सन् २००२ मा उनको उत्कृष्ट प्रदर्शनकै कारण ब्राजिलले विश्वकप फुटबलको उपाधि हात पारेको थियो ।
आज रोनाल्डो भन्दा उनलाई जसले पनि चिन्नसक्छ । तर जब उनी अन्तर्राष्ट्रिय खेल जीवनको सुरुवाती चरणमा थिए उनको नाम रोनाल्डो थिएन । उनलाई ‘रोनाल्डिहो’ भनेर चिनिन्थ्यो ।

रोनाल्डिन्हो भन्दा हामीलाई हँसिलो अनुहार, लामो कपाल भएका अर्का स्टार खेलाडीको सम्झना आउँछ । तर रोनाल्डोले पहिले आफ्नो नाम रोनाल्डिन्हो राखेका थिए । जब उनी राष्ट्रिय टोलीबाट सुरुवाती चरणमा खेल्दै थिए ।
त्यसबेला ब्राजिलमा रोनाल्डो रोड्रिगेज डि जिसस नामका खेलाडी थिए । उनको जर्सीमा रोनाल्डो लेखिएको थियो । उनी साना पनि थिए त्यसकारण उनले आफूभन्दा जेठा रोनाल्डोबाट फरक देखिन रोनाल्डिन्हो नाम राखेका थिए ।
ब्राजिलमा रोनाल्डिन्होको अर्थ ‘सानो रोनाल्डो’ हुन्छ । सन् १९९४ देखि सन् १९९७ सम्म रोनाल्डोलाई रोनाल्डिन्हो भनेर चिनिन्थ्यो । सन् १९९६ को ओलम्पिकमा उनले रोनाल्डिन्हो नामको जर्सीमै खेलेका थिए ।






