मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
साताको प्रारम्भ सञ्चित धनमा वृद्धि हुनुको साथै भूमि वाहन आदि किन्नको लागि समय उपयुक्त रहेको छ । बेरोजगार हुनुहुन्छ भने नोकरी वा रोजगार मिल्ने सम्भावना रहेको छ । साताको मध्यमा कुनै विशेष व्यक्तिबाट उपहार मिल्नेछ । घर परिवारमा मांगलिक कार्यमा सम्मिलित हुने अवसर मिल्नेछ । साताको अन्तिममा आर्थिक कारोबारलाई लिएर छोटो मिठो यात्रा गर्नुपर्ला । भाइबहिनीहरूसँग प्रेम र सद्भाव बढ्नेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
साताको प्रारम्भमा मान सम्मानमा वृद्धि हुनेछ । कार्यक्षेत्रमा प्रभाव बढ्नेछ । साताको मध्यमा विद्यार्थीहरुलाई रचनात्मक वा कलात्मक क्षेत्रमा सफलता मिल्नेछ । नोकरी वा पेशामा आयका नयाँ स्रोतहरू बन्नेछन् । साताको अन्तिममा व्यापार व्यवसायमा नयाँ प्रतिद्वन्दीहरू बढ्नेछन् । कार्य क्षेत्रमा सीनियर वा जुनियरको सहयोग मिल्नेछ । साझेदारीमा कार्य गर्नेहरूलाई यो समय चुनौतीपूर्ण रहनेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
साताको प्रारम्भमा वैदेशिक रोजगारमा मनग्य लाभ मिल्नेछ साथै भ्रमणका योग बनिरहेका छन् । कार्यक्षेत्रमा प्रभाव बढ्नेछ । साताको मध्यमा नोकरी वा पेशामा नयाँ कार्य हात लाग्ला । व्यवसायमा तार्किक क्षमताले मान सम्मान दिलाउनेछ । साताको अन्तिममा घर परिवार वा मित्रहरूसँग पायक स्थानमा भ्रमण र वनभोजको आनन्द लिन सकिनेछ । गृहणीहरूको सौन्दर्य सामानमा धन खर्च हुनेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
साताको प्रारम्भमा शेयर मार्केटबाट लाभ मिल्नु साथै कार्यक्षेत्रमा वरिष्ठ सदस्यहरूको सल्लाहले अप्ठ्यारो काम सम्पादन हुनेछ । साताको मध्यमा वैदेशिक रोजगारलाई लिएर धोखा मिल्न सक्ला । आफन्तहरूसँग मनमुटाव हुन सक्छ । किसानी पेशाबाट लाभ हुनेछ । साताको अन्तिममा नोकरी वा पेशामा प्रमोशन वा सरुवा चाहनुहुन्थ्यो भने सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिनेछ । कार्यक्षेत्रमा समयमा कार्य पूरा गर्नलाई धेरै परिश्रम गर्नुपर्ला ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
साताको प्रारम्भमा कार्यक्षेत्रमा पिताको पदोन्नतिले मन प्रसन्न रहनेछ । कारोबारको विस्तारको लागि दीर्घकालीन योजनाहरू बन्नेछन् । साताको मध्यमा शेयर बजारमा निवेश गर्दा जानकारको सल्लाह अवश्य लिनुहोस् । वैदेशिक शिक्षाको लागि गरिएको योजनाहरू सफल रहनेछन् । साताको अन्तिममा विद्यार्थी वर्गहरूको तर्कशक्तिमा वृद्धि हुनेछ र पढाइमा मन लाग्नेछ । नयाँ नोकरीको खोजिमा हुनुहुन्थ्यो भने सफलता प्राप्त हुनेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
साताको प्रारम्भमा उत्साह र आनन्दमा वृद्धि हुनेछ । नयाँ कार्य प्रारम्भ गर्दा सफलता पाइनेछ । धार्मिक मठ मन्दिरको भ्रमण रहनेछ । साताको मध्यमा सरकारी नोकरीमा प्रभाव बढ्नेछ । कार्यक्षेत्रमा बोलिको भरमा कार्य सम्पादन हुनेछ । साताको अन्तिममा विद्यार्थीहरूलाई नयाँ सीपमूलक कार्यको जानकारी हुनेछ । आर्थिक पक्ष सबल रहनेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
सप्ताहको प्रारम्भ आर्थिक संकट लिएर आउनेछ । घर परिवारमा कलहको वातावरण हुन सक्छ । व्यापारमा आलस्य गर्नदेखि बच्नुहोला । साताको मध्यमा जीवन साथीको कार्यक्षेत्रमा पदोन्नतिको योग छ । धर्म कर्ममा मन लाग्नेछ । साताको अन्तिममा नोकरी वा पेशामा उच्च अधिकारीहरूको सहयोग मिल्नाले कार्यहरू समयमा नै सम्पादन हुनेछन् ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
साताको प्रारम्भमा साझेदारी व्यापारमा लाभ मिल्नेछ । प्रतियोगी परीक्षामा सफलता पाइनेछ भने नोकरी वा पेशामा प्रतिद्वन्दीहरूको सामना गर्नुपर्ने हुन्छ । साताको मध्यमा कार्यक्षेत्रमा अरूको विश्वासमा भर नपर्नुहोला । व्यापार व्यवसायमा आर्थिक पक्षलाई लिएर चिन्ता रहनेछ । साताको अन्तिममा घरपरिवारमा मांगलिक कार्य हुनाले मन प्रसन्न रहनेछ । कार्यक्षेत्रलाई लिएर यात्रा गर्नुपर्ला । जीवन साथीसँग सुमधुर सम्बन्ध रहनेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
साताको प्रारम्भमा वित्तीय वा सहकारी संस्थाबाट शुभ सूचना मिल्नेछ । शत्रुहरू परास्त हुनेछन् । साताको मध्यमा नोकरी वा पेशामा अतिरिक्त जिम्मेवारी मिल्नेछ । कार्यक्षेत्रमा योजना बनाएर कार्य गर्दा सफलता पाउनुहुनेछ । साताको अन्तिममा कार्यक्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा थप लगानी लगाउनबाट बच्नुहोस् ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
साताको प्रारम्भमा सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ । कार्यक्षेत्रमा भावनामा आएर कसैलाई बाचा नगरौं । प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्नको लागि परिवारसँग कुरा राख्न सक्नुहुनेछ । साताको मध्यमा स्वास्थ्यलाई लिएर चिन्ता हुनेछ । पेट जन्य समस्याले सताउने छ त्यसर्थ खानपानमा विशेष ध्यान दिनुहोला । साताको मध्यमा सामाजिक सञ्जालमा बोलीको प्रभाव बढ्नेछ । विद्यार्थीहरूलाई पठनपाठनमा मेहनत धेरै गर्नुपर्ला ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
साताको प्रारम्भमा कार्यक्षेत्रमा सोचेका काम समयभन्दा अगाडि पूरा हुनेछन् । कानुनी मामिला सुल्झिनेछ । साताको मध्यमा व्यापार व्यवसायमा लाभ हुनेछ । कार्यक्षेत्रमा नयाँ उपलब्धिले थप उत्साह जगाउने छ । साताको अन्तिममा विद्यार्थीहरूको तार्किक क्षमतामा वृद्धि हुनेछ । गृहणीहरूको गृह कार्यको साथै सामाजिक परिवेशमा मान सम्मान बढ्नेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
व्यापार व्यवसायमा नयाँ सहयोगीहरूबाट सहयोग मिल्नेछ । कार्यक्षेत्रमा रोकिएका कार्यहरू सम्पादन हुनेछन् । साताको मध्यमा स्वास्थ्य अनुकूल नरहला । कार्यक्षेत्रमा अगाडि लिएका निर्णयहरूबाट लाभ मिल्नेछ । साताको अन्तिममा कार्यक्षेत्रमा हजुरको इच्छाको पूर्ति हुनेछ । कसैलाई व्यर्थको सल्लाह नदिनुहोला ।




