मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
मेष राशिका लागि पुस महिना सामान्य रहनेछ । ठूला योजना पूरा गर्न समय लाग्न सक्छ । मिहिनेत गर्दा पनि काममा चुनौतीहरू देखा पर्न सक्छन् । सानातिना उल्झनहरूले कार्य सम्पादनमा अवरोध ल्याउन सक्छ । गुमेको प्रतिष्ठा फिर्ता हुने र आफ्नो वर्चस्व बढ्नेछ । अत्यधिक परिश्रमले शारीरिक कमजोरी महसुस हुन सक्छ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
वृष राशिका लागि यो महिना केही संघर्षमय रहने संकेत छ । पेसा र व्यवसायमा गरिएको लगानी अड्किन सक्छ । स्वास्थ्य प्रति विशेष ध्यान दिनुपर्छ । सहयोगीहरू पछि हट्न सक्छन् र आफन्तहरूले पनि निराश तुल्याउने प्रयास गर्नेछन् । धैर्य र सतर्कताले उपलब्धिहरू जोगाउन सकिनेछ । काम गर्दै जाँदा केही नोक्सानी वा जरिवाना व्यहोर्नुपर्ने हुन सक्छ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
मिथुन राशिका लागि पुस महिना खर्चिलो रहनेछ । पतिपत्नीबीच मतभेद हुनाले घरायसी काममा अप्ठ्यारो पर्न सक्छ । नयाँ कामको सुरुवातमा ढिलाइ भए पनि नियमित कामहरूमा प्रगति हुनेछ । व्यवसायमा सामान्य लाभ हुनेछ । अध्ययनमा सफलता हात पार्न सकिनेछ भने विदेश जाने सम्भावना पनि देखिन्छ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
कर्कट राशिका लागि पुस महिना लाभदायक हुनेछ । नयाँ अवसरहरू प्राप्त हुनेछन् । प्रतिस्पर्धामा विजय हासिल गर्न सकिनेछ । कृषि, उद्योग, र व्यवसायमा प्रगति हुनेछ । रोकिएका कामहरू बन्नेछन् भने भौतिक साधनहरू जुटाउन सकिनेछ । पारिवारिक समर्थनले तपाईंको मनोबल उच्च राख्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
सिंह राशिका लागि पुस महिना चुनौतीपूर्ण देखिन्छ । मिहिनेत गरेपनि अपेक्षित परिणाम प्राप्त गर्न समय लाग्न सक्छ । स्वास्थ्य प्रति सचेत रहनुहोस् । पेटको खराबी तथा मौसमी समस्याले स्वास्थ्य कमजोर रहनेछ । व्यापार र पेशामा मन्दीको सम्भावना छ । खर्चको सन्तुलन राख्न ध्यान दिनुहोस् । अध्ययनमा आलस्यले पछाडि पर्न सकिन्छ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
कन्या राशिका लागि पुस महिना सावधानी अपनाउनु पर्ने देखिन्छ । पारिवारिक झमेलाले तनाव बढाउन सक्छ । साझेदारीमा विवाद आउन सक्छ । कृषि र पशुपालनमा समस्या देखिन सक्छ । व्यक्तिगत निर्णयमा ध्यान पुर्याएर अघि बढ्नुहोस् । पहिलेका काम दोहोर्याउँदा लाभ हुनेछ । कुनै विद्रोह गर्नुपर्ने परिस्थिति पनि आउन सक्छ । महत्त्वाकांक्षाले व्यवहार बिग्रने सम्भावना छ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
तुला राशिका लागि यो महिना उपलब्धिमूलक हुनेछ । रोकिएका कामले गति लिनेछन् । नयाँ अवसरहरूले उत्साह बढाउनेछन् । व्यवसायमा मनग्य फाइदा हुनेछ । अग्रजहरूको सहयोगले काममा प्रगति हुनेछ । प्रयत्न गर्दा पेसा व्यवसायमा फाइदै हुनेछ । सञ्चित रकम खर्चनुपरेपनि भौतिक साधन र उपकरण संग्रह गर्न सकिनेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
वृश्चिक राशिका लागि यो महिना संघर्षपूर्ण रहन सक्छ । समस्याहरू समाधान गर्न समय लाग्न सक्छ। काममा झन्झट व्यहोर्नुपर्ने सम्भावना छ । अध्ययनमा ध्यान दिन नसकिएला । व्यावसायिक क्षेत्रका लगानी सोचविचार गरेर मात्र गर्नुहोला । केही अवसर आए पनि समयमा निर्णय नलिँदा काम रोकिनेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
धनु राशिका लागि पुस महिना मिश्रित फल दिनेछ । अवसर र चुनौतीहरू बराबर आउन सक्छन् । आत्मसम्मानको रक्षा गर्न संघर्ष गर्नुपर्नेछ । मिहिनेतले आंशिक सफलता दिलाउनेछ । स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ । बोलीको लयमा कठोरताको आभास हुनाले सहयोगीहरू जिम्मेवारीबाट पन्छिन सक्छन् ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
मकर राशिका लागि पुस महिना खर्चिलो देखिन्छ । पेसा र व्यवसायमा प्रतिफल न्यून रहन सक्छ । पारिवारिक सम्बन्धमा विवाद हुन सक्छ । जोखिमपूर्ण कार्यबाट टाढा रहनुहोस् । आर्थिक सन्तुलनमा ध्यान दिनुहोला । अनावश्यक हठ गर्ने बानीले पारिवारिक असमझदारी निम्त्याउनेछ भने फजुल खर्च पनि बढ्नेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
कुम्भ राशिका लागि यो महिना लाभदायक हुनेछ । रोकिएका काम बन्नेछन् । आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन् । अध्ययन र व्यवसायमा सफलता मिल्नेछ । भौतिक सुख सुविधाको वृद्धि हुनेछ । प्रेम र मित्रतामा प्रगति हुनेछ । व्यापार, कृषि तथा पशुधनबाट पनि मनग्य लाभ हुनेछ । योग्यता प्रदर्शन गरेरै स्वरोजगार बन्न सफल भइनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
मीन राशिका लागि पुस महिना उत्साहजनक हुनेछ । व्यवसाय र उद्योगमा लगानी लाभदायक हुनेछ । आर्थिक स्थितिमा सुधार आउनेछ । तर स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ । नयाँ योजनाहरूमा सफलता मिल्नेछ । नोकरीमा प्रवेश वा पदोन्नति हुन सक्छ । विशिष्ट व्यक्तिहरू नजिकिनेछन् भने मित्रता र प्रेमको बन्धन कसिनेछ ।




