जनकपुर । नेपाली प्रिमियर लिग (एनपीएल) विजेता टिम जनकपुर बोल्ट्सका खेलाडीलाई महोत्तरी, रौतहट र सलार्हीमा भव्य स्वागत गरिएको छ । जनकपुर बोल्ट्सको ट्रफी टुर अन्तर्गत विभिन्न जिल्लामा आयोजना गरिएको कार्यक्रमले खेलाडीलाई सम्मान गरिएको छ ।
जनकपुर बोल्ट्सका खेलाडीलाई स्थानीय खेल प्रेमीहरूले बाजा गाजासहित स्वागत गरेका थिए । सर्लाही, महोत्तरी र रौतहट जिल्लामा स्वागत कार्यक्रमहरू आयोजना गरिएको थियो ।
रौतहट क्रिकेट संघ र अन्य स्थानीय क्रिकेट संघहरूले जनकपुर बोल्ट्सको ट्रफी टुरको अवसरमा विभिन्न झाँकी प्रदर्शन गर्दै टिमको सफलता र जीतको शुभकामना व्यक्त गरिएको थियो ।
टिमका सदस्यहरूको स्वागतले प्रदेशभरका खेलाडी र खेल प्रेमीहरूमा उत्साह र प्रेरणा थपेको र भविष्यमा क्रिकेटको स्तर वृद्धि गर्ने विश्वास गरिएको छ ।






