काठमाडौं । जापानको टोकियोमा चलिरहेको ३२ औँ ग्रीष्मकालीन ओलम्पिकमा चीन तेस्रो स्थानमा झरेको छ । चीनलाई जापान र अमेरिकाले पछि पारेका छन् । जापानले आठ स्वर्ण पदक जित्दै शिर्ष स्थानमा रहेको छ ।
जापानले आठ स्वर्ण, दुई रजत र तीन कास्य पदकसहित १३ पदक जितेको छ । त्यस्तै अमेरिकाले सात स्वर्ण पदक जितेको छ । अमेरिकाले सात स्वर्ण, तीन रजत र चार कास्यसहित १४ पदक जितेको छ ।
चीन भने ६ वटा स्वर्ण पदकसहित तेस्रो स्थानमा छ । चीनले ६ स्वर्ण, ५ रजत र ७ वटा कास्य गरी कुल १८ पदक जितेको छ । यस्तै रसियन ओलम्पिक कमिटीले ४ स्वर्ण, ५ रजत र ३ कास्य गरी १२ पदक जितेको छ ।







