एजेन्सी । चीनमा कोरोना भाइरस संक्रमित नेपालमा भन्दा कम रहेको छ । चिनियाँ अधिकारीहरुका अनुसार चीनमा हाल संक्रमितको संख्या ९२ हजार ६०५ जना रहेका छन् भने बितेको २४ घण्टामा ७६ जना संक्रमित थपिएका छन् ।
यस्तै चीनमा कोरोनाबाट ज्यान जानेको संख्या ४ हजार ६ सय ३६ रहँदा हालसम्म कोरोना निको हुनेको संख्या ८७ हजार २ सय २८ जना रहेको छ । हाल चीनमा ७ सय ४१ जना मात्रै सक्रिय संक्रमित रहेको बताइएको छ ।
चीनमा भन्दा पछि संक्रमण सुरु भएको नेपालमा सो देशमा भन्दा धेरै संक्रमित रहेका छन् । कोरोना संक्रमितको हिसाबले चीन १०७ औं स्थानमा रहेको छ । त्यस्तै चीनमा १७ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।






