रौतहट । रौतहटको ईशनाथ नगरपालिका ८ कुडिया पुलस्थित खोलामा बुधबार ६९ वर्षीय शेख बसिर मृत अवस्थामा फेला परेका छन् । शेख बसिर ईशनाथ नगरपालिका ८ घर भई हाल राजपुर नगरपालिका ६ बसोबास गर्दै आएका थिए ।
मृतकको शव फेला परेपछि घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मृत्युको कारण बारे खुल्न सकेको छैन भने शवलाई पोष्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ ।




