वीरगंज । वीरगंज महानगरपालिका १६ गणेशटोलमा प्रहरीले चरेस बरामद गरेको छ । प्रहरीले गणेशटोलमा साढे १९ किलो चरेस बरामद गरेको हो भने अभियुक्त फरार भएका छन् ।
सूचनाका आधारमा वडा प्रहरी कार्यालय बिर्ताले गणेशटोलको भित्री सडकमा जाँच गर्ने क्रममा १३ वटा प्याकेटमा राखिएको चरेस फेला पारेको हो ।
प्रहरी निरीक्षकका अनुसार नम्बर नखुलेको मोटरसाइकलमा सवार व्यक्तिले बोरा बोकेर जाँदै गर्दा प्रहरीलाई देखेपछि बोरा फ्याँकेर मोटरसाइकलसहित फरार भएका थिए ।
फरार व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । बरामद चरेसलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।




