वीरगंज । पर्सा प्रहरीले ठूलो मात्रामा गाँजा बरामद गरेको छ । प्रहरीले गाँजासहित एक ट्रक चालकलाई पनि नियन्त्रणमा लिइएको छ ।
प्रहरीले हालसम्म बरामद भएको गाँजाको परिमाण र पक्राउ परेका व्यक्तिको नाम सार्वजनिक गरेको छैन । तर, स्रोतका अनुसार वीरगञ्ज महानगरपालिका क्षेत्रबाट करिब १९५ किलो गाँजा बरामद गरिएको छ ।
भारततर्फ गाँजा लैजान खोजिएको गोप्य सूचनाको आधारमा प्रहरीले विशेष निगरानी गर्दै कारबाही अघि बढाएको बताइएको छ । पर्सा प्रहरीले यस घटना सम्बन्धी विस्तृत विवरण केही समयपछि सार्वजनिक गर्ने जनाएको छ ।




