काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले सार्वजनिक गरेको नयाँ टी २० वरियतामा नेपालबाट रहेका तीन खेलाडीको वरियता खस्किएको छ । आइसीसीले पछिल्लो पटक सार्वजनिक गरेको नयाँ टी २० वरियतामा कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्का र बलर सन्दिप लामिछानेको वरियता खस्किएको हो ।
नयाँ वरियतामा मल्लको दुई स्थान तल झरेर ९७ औं स्थानमा पुगेका छन् । उनको तीन सय ५७ रेटिङ रहेको छ । यस्तै पूर्व कप्तान पारस खड्का पनि तीन स्थान तल झर्दै ९४ औं स्थानमा पुगेका छन् । युवा खेलाडी कुशल भुर्तेलको वरियतामा भने एक स्थान सुधार भएको छ । उनी हाल ६० औं स्थानमा पुगेका छन् ।
कुशल वरियतामा भारतीय खेलाडी रिशव पन्त, वेष्ट इन्डिजका पोलार्ड र निकोलस पुरन भन्दा अगाडि रहेका छन् । यस्तै बलिङमा सन्दिप लामिछाने चार स्थान तल झरेर ८३ औं स्थानमा पुगेका छन् । उनको चार सय पाँच रेटिङ रहेको छ ।
सोमपाल कामी शीर्ष एक सय वरियतामा पुगेका छन् । उनी हाल ९७ औं स्थानमा उक्लिएका छन् । विश्व वरियताको शीर्ष स्थानमा इंग्ल्याण्डका डेविड मलान यथावत छन् । दोस्रो स्थानमा पाकिस्ताका बाबर अजाम छन् । बलिङ तर्फ शीर्ष स्थानमा दक्षिण अफ्रिकी खेलाडी तबरेज साम्सी छन् ।






