काठमाडौं । टोकियो ओलम्पिक खेलकुदमा बिlहबारसम्मको खेल समाप्तिमा अमेरिकाले पदक तालिकामा अग्रता कायमै राखेको छ । अमेरिकाले १३ स्वर्ण, १४ रजत र १० कास्यसहित ३७ पदक जितेको छ । १४ स्वर्ण, ६ रजत र ८ कास्यसहित २९ पदक जितेको चीन दोस्रोमा छ ।
स्वर्ण बढी जित्नेमा भने जापान अगाडि छ । जापानले १५ स्वर्ण जितेको छ । चार रजत र ६ कास्यसहित २५ पदक जितेको जापान पदक तालिकामा भने चौथोमा छ । ७ स्वर्ण, ११ रजत र ८ कास्यसहित २६ पदक जितेको रुस तेस्रोमा छ ।
अमेरिकाले पौडीमा ६, सुटिङमा ३ तथा ३/३ बास्केटबल, सर्फिङ, फेन्सिङ र तेक्वान्दोमा एक एक स्वर्ण जितेको छ । चीनले भारत्तोलनमा ४, सुटिङमा ३, पौडीमा २, डाइभिङमा ३ तथा फेन्सिङ र रोविङमा एक एक स्वर्ण जितेको छ ।
जापानले जुडोमा ८, स्केटबोर्डिङ र पौडीमा २/२ तथा आर्टिस्टिङ जिम्न्याष्टिक, सफ्टबल र टेबल टेनिसमा एक एक स्वर्ण जितेको छ । हालसम्म ३१ देशले कम्तिमा एउटा स्वर्ण जितेका छन् । यसैगरि ५९ देशले कम्तिमा एउटा पदक हात पारेका छन् ।






