रौतहट । भन्सार छली तस्करी गरेर ल्याइएका विभिन्न सामानहरू रौतहट प्रहरीले बरामद गरी आवश्यक कानुनी प्रक्रिया पूरा गर्न गौर भन्सार कार्यालयमा बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटको मातहतमा रहेको अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको गस्ती टोलीले बिहीबार गौर नगरपालिका ४ बसपार्क क्षेत्रबाट करिब एक लाख १२ हजार रुपैयाँ बराबरको किराना सामान, कपडा लगायतका सामग्री नियन्त्रणमा लिएको हो ।
बरामद गरिएका सामानहरू आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपक कुमार रायले जानकारी दिए ।




