काठमाडौं । जापानमा भइरहेको टोकियो ओलम्पिकमा जापानलाई पछि पार्दै चीन पुन शीर्ष स्थानमा पुगेको छ । चीनले १९ स्वर्ण, १० रजत र ११ कास्यसहित ४० पदक जितेको छ । दोस्रो स्थानमा रहेको आयोजक समेत रहेको जापानले १७ स्वर्ण, ४ रजत र ७ कास्यसहित २८ पदक जितेको छ ।
यस्तै १४ स्वर्ण, १६ रजत र ११ कास्य गरी ४१ पदकका साथ अमेरिका तेस्रो स्थानमा छ । यस्तै १० स्वर्ण, १४ रजत र १० कास्यका साथ ३४ पदकसहित रसियन ओलम्पिक कमिटी चौथो स्थानमा रहेको छ । अस्ट्रेलिया ९ स्वर्ण २ रजत र ११ कास्यसहित २२ पदकका साथ पाँचौँ स्थानमा छ ।
यस्तै बेलायतले ६, दक्षिण कोरियाले ५ पदक जितेका छन् । नेदरल्यान्ड्स, फ्रान्स, जर्मनी, क्यानडा, न्युजिल्यान्ड, चेक रिपब्लिक र क्रोएशियाले तीन/तीन स्वर्ण पदक जितेका छन् । इटली, हङ्गेरी, स्लोभानिया र कोसोभोले दुईरदुई स्वर्ण जितेका छन् ।
ओलम्पिकमा ब्राजिल, स्विट्जरल्यान्ड, रोमानिया, चाइनिज ताइपेई, जर्जिया, सर्बिया, अस्ट्रिया, हङकङ, ट्युनिशिया, इस्टोनिया, आयरल्यान्ड, उज्वेकिस्तान, बर्मुडा, इक्वेडर, फिजी, इरान, लात्भिया, नर्वे, फिलिफिन्स, ग्रिस, इथोपिया, स्लोभाकिया र थाइल्यान्डले एक/एक स्वर्ण पदक जितेका छन् ।






