काठमाडौं । जापानमा चलिरहेको टोकियो ओलम्पिकमा चीन २४ स्वर्ण पदकसहित शीर्ष स्थानमा रहेको छ । चीनले २४ स्वर्ण, १४ रजत र १३ कास्यसहित कुल ५१ पदक जितेको छ ।
यस्तै दोस्रो स्थानको अमेरिकाले २० स्वर्ण, २३ रजत र १६ कास्यसहित ५९ पदक जितेको छ । १७ स्वर्ण, ५ रजत र ९ कास्य गरी ३१ पदकका साथ जापान तेस्रो स्थानमा छ ।
चौथो स्थानको अस्ट्रेलियाले १४ स्वर्ण, ३ रजत र १४ कास्य गरी ३१ पदक जितेको छ । यस्तै रुस ओलम्पिक कमिटीले १२ स्वर्ण, १९ रजत र १३ कास्य गरी ४४ पदकका साथ पाचौं स्थानमा रहेको छ ।
बेलायतले १०, फ्रान्स र दक्षिण कोरियाले ५, इटाली, नेदरल्याण्ड, जर्मनी, न्युजिल्याण्ड र चेक रिपब्लिकले ४/४ तथा क्यानडा, स्विट्जरल्याण्ड र क्रोएशियाले ३/३ स्वर्ण पदक जितेका छन् ।






