काठमाडौं । जापानको राजधानी टोकियोमा जारी ३२ औं ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा अहिलेसम्म चीनले ३२ स्वर्ण, २१ रजत र १६ काश्य जित्दै पहिलो स्थान सुरक्षित बनाएको छ । दोस्रो स्थानमा भने अमेरिका रहेको छ ।
अमेरिकाले हालसम्म २४ स्वर्ण, २८ रजत र २१ काश्यका साथ कुल ७३ ओटा पदक जितेको छ । त्यसैगरी तेस्रो स्थानमा जापान रहेको छ । जापानले १९ स्वर्ण ६ रजत र ११ काश्य गरेर कुल ३६ ओटा पदक जितेको छ ।
त्यस्तै अष्ट्रेलियाले १४ स्वर्ण, ४ रजत र १५ काश्यका साथ ३३ ओटा पदक जितेको छ । रसियन ओलम्पिकले १३ स्वर्ण, २१ रजत र १८ काश्यकका साथ ५२ ओटा पदक हात पारेको छ । बेलायतले १३ स्वर्ण, १७ रजत र १३ काश्यसहित कुल ४३ ओटा पदक जितेको छ ।
यस्तै जर्मनीले ८ स्वर्ण, ८ रजत र १४ काश्यकका साथ ३० ओटा पदक हात पारेको छ । फ्रान्स, नेदरल्याण्ड र न्युजिल्याण्ड र दक्षिण कोरियाले ६–६ ओटा स्वर्ण जितेका छन् । त्यस्तै इटालीले ५ स्वर्ण जितेको छ । ओलम्पिक आगामी अगस्ट ८ सम्म सञ्चालन हुनेछ ।






