एजेन्सी । दक्षिण कोरियामा गएको हप्ता दुई हजारभन्दा बढी संक्रमित भेटिएका छन् । ती संक्रमित नयाँ भेरिएन्टका भएका बताइएको छ । दक्षिण कोरियाका स्वास्थ्य अधिकारीले दिएको जानकारी अनुसार गएको हप्तामा २ हजार १०९ नयाँ भेरिएन्टका संक्रमित भेटिएका छन् ।
यो तथ्याङ्कसहित गएको हप्तामा कोभिड-१९ का नयाँ भेरिएन्टको संख्या आठ हजार १२५ जना पुगेको पनि बताइएको छ । दक्षिण कोरियामा नयाँ भेरिएन्ट जुलाई २५ मा भेटिएको थियो । यो समेत गरी नयाँ भेरिएन्टका २५ हजार २४० जना संक्रमित पाइएका हुन् ।






