एजेन्सी । लियोनल मेस्सी बार्सा क्लब छाेड्दै गर्दा भक्कानिएका छन् । आज आफ्नाे पुरानाे क्लब बार्सा औपचारिक छाेड्ने क्रममा आयोजित पत्रकार सम्मेलनमा मेस्सी भावुक बनेका हुन् । स्पेनिस क्लब बार्सिलोना छाड्ने बेलामा उनले आँशु थाम्न सकेनन् ।
बार्सिलोनाले आयोजना गरेको उनको बिदाइ कार्यक्रममा उनले भनेका छन्,‘मैलै यो क्लब छोड्दा मेरो रगत चिसिएको छ । यो मेरो दाेस्रो घर थियो । यो क्लबसँग मेरो सम्बन्ध सकियो । नयाँ कहानीको सुरुवात हुन्छ ।’
जुन महिनामा मेसीले क्लबसँग गरेको अन्तिम सम्झौताको म्याद सकिएपछि उनी फ्री एजेन्ट भएका थिए । ६ पटक बालोन डीओर जितेका मेसी नयाँ क्लब खोज्न बाध्य भएका छन् । यस परिस्थितिले आफूलाई स्तब्ध बनाएको मेसीले बताएका छन् ।
कार्यक्रमको दर्शकदीर्घामा उनकी श्रीमती र छोराहरू पनि उपस्थित थिए। मेसी भक्कानिँदा उनीहरू पनि भावुक बनेका थिए ।






