काठमाडाैं । उपत्यकामा निषेधाज्ञा थपिएकाे छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीकाे मंगलबारकाे बैठकले भदाै ८ सम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेकाे हाे । केहीमा कडाइ गरी निषेधाज्ञाको अरु मोडालिटी पहिलेकोलाई नै निरन्तरता दिइएको छ ।
रातिको समयमा भने बेलुकी ८ बजेपछि सवारीसाधन सञ्चालनमा रोक लगाउने प्रशासनले निर्णय गरेको छ । बिहीबारबाट लागू हुने गरी निषेधाज्ञा थप गर्दै बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय प्रशासनले गरेकाे हाे ।
अत्यावश्यक सवारीसाधन चाहिँ जतिसुकै बेला पनि चल्न पाउने भनिएकाे छ ।







