एजेन्सी । अस्ट्रेलियाले टी-२० क्रिकेट विश्वकपका लागि आफ्नो टिमको घोषणा गरेको छ । इन्जुरीबाट टिम बाहिर रहेका एरोन फिन्च र स्टिभ स्मिथ विश्वकप टिममा फर्किएका छन् ।
बंगलादेश र वेस्टइन्डीज टुरबाट बाहिर रहेका डेभिड वार्नर, ग्लेन म्याक्सवेल, मार्कस स्टोइनिस, पाट कमिन्स र केन रिचार्ड्सन पनि अस्ट्रेलियाको विश्वकप टिममा समावेश भएका छन् । अस्टेलियाले आफ्ना पछिल्ला ५ टी-२० सिरीजमा हार बेहोरेको छ, जसमा पछिल्ला तीन सिरीजमा आफ्नो मुख्य टिम खेलाएको थिएन ।
अस्ट्रेलियाको विश्वकप टिम : एरोन फिन्च (कप्तान), पाट कमिन्स (उपकप्तान), एशटन अगार, जोस हजेलवूड, जोश इंग्लिस, मिचेल मार्श, ग्लेन म्याक्सवेल, केन रिचार्ड्सन, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस, मिचेल स्वेपसन, माथ्यू वाडे, डेभिड वार्नर र एडम जाम्पा ।
त्यस्तै अस्ट्रेलियाले डान क्रिस्टियन, नाथन एल्लिस र डानियल साम्सलाई अस्ट्रेलियाको ट्राभलिङ रिजर्भ खेलाडी तोकेको छ । आगामी अक्टोबर १७ देखि युएई र ओमानमा शुरु हुने टी-२० क्रिकेट विश्वकपमा अस्ट्रेलियाले पहिलो खेल अक्टोबर २३ मा दक्षिण अफ्रीकासँग खेल्दै छ ।






