एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले डाइभर्सिफाइड भिसा (डीभी) लटरी अस्थायी रूपमा स्थगित गर्ने घोषणा गरेका छन् । डिभी लटरीले अमेरिकामा धेरै बसोबास नगरेका देशका नागरिकलाई स्थायी बसोबासका लागि आवेदन दिन अनुमति दिन्छ ।
ट्रम्प प्रशासनले सन् २०२७ को डिभी लटरी प्रवेश प्रक्रियामा सुधार गर्ने योजना सार्वजनिक गरेको केही समयपछि यो निर्णय आएको हो । होमल्यान्ड सेक्युरिटी सचिव क्रिस्टी नोमका अनुसार, उक्त निर्णय ट्रम्पको निर्देशनमा लिइएको हो र अमेरिकी नागरिकता तथा आप्रवासन सेवा कार्यक्रम अस्थायी रूपमा रोक्न भनिएको छ ।
नोमले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भनेकी छन्- ब्राउन युनिभर्सिटी र एमआईटी गोलीकाण्डका आरोपितलाई अमेरिकामा प्रवेश अनुमति दिनु हुँदैनथ्यो र यस्तो हिंस्रक व्यक्तिहरूलाई अमेरिकामा प्रवेश गरिनु नहुने बताइन् ।
गत महिनामा ट्रम्प प्रशासनले सन् २०२७ को डिभी लटरी प्रवेश प्रक्रिया परिमार्जन गर्ने योजना बनाएको घोषणा गरेका थिए । हालसम्म ती प्रस्तावित परिवर्तनहरूको विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।






