एजेन्सी । भारतको झारखण्ड राज्यस्थित जमशेदपुरमा आयोजित एक वैवाहिक समारोह दुःखद घटनामा परिणत भएको छ । बिहे भोजमा मिठाई खाने क्रममा एक युवकको ज्यान गएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार शुक्रबार राति जमशेदपुर नजिकैको मलियांता गाउँका ललित सिंह नामका युवकले रसबरी खाने क्रममा अचानक घाँटीमा अड्किएपछि सास फेर्न गाह्रो भएको थियो । उपस्थित मानिसहरूले मिठाई निकाल्ने प्रयास गरे पनि सफल हुन सकेनन् ।
लगत्तै उनलाई उपचारका लागि नजिकैको अस्पताल लगिएको थियो । तर चिकित्सकले परीक्षणपछि उनलाई मृत घोषणा गरेका थिए । अचानक भएको उक्त घटनापछि विवाह समारोह शोकमा परिणत भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।






