मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भमा आफ्नो क्षमता प्रमाणित गर्ने अवसर प्राप्त हुनेछ । आफैलाई समय दिदाँ वैचारिक स्पष्टता आउनेछ । अधुरा कामलाई नयाँ ढङ्गले अघि बढाउँदा अपेक्षाभन्दा राम्रो परिणाम प्राप्त हुनेछ । कार्य थालनि गर्दा अरुको भर पर्नुभन्दा आफ्नै प्रयासलाई प्राथमिकता दिनु लाभदायी रहनेछ । हिम्मतका साथ उठाएको कदमले भविष्यका लागि बलियो आधार तयार गर्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा धैर्य र व्यवहारिक सोचले विशेष लाभ दिलाउनेछ । आफ्नो लक्ष्यमा दृढ हुनुहुनेछ । कार्य क्षेत्रमा नयाँ अवसर प्राप्त हुनेछ । सुरुवात गरेको नयाँ कार्यमा सफलता मिल्नेछ । आफ्नो आत्मविश्वास बढ्दै जानाले मनमा शाान्ति मिल्नेछ । आर्थिक पक्ष बलियो रहनेछ । आयआर्जन बढ्नेछ । खर्च नियन्त्रणमा रहनेछ । बचत गर्ने अवसर मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साताको प्रारम्भमा जिज्ञासा र सिक्ने इच्छाले समयलाई उपलब्धिमूलक बनाउनेछ । नयाँ विषय बुझ्ने, सीप बढाउने वा विचार आदानप्रदान गर्ने अवसर प्रशस्त रहनेछन् । बोलेको शब्दले राम्रो प्रभाव पार्ने भएकाले संवादमा स्पष्टता कायम राख्नु उपयुक्त हुनेछ । कुनै महत्त्वपूर्ण सूचना वा सन्देशले तपाईंको आगामी योजना परिवर्तन गर्न सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा आफ्ना भावना र जिम्मेवारीबीच सन्तुलन कायम राख्न सक्नु नै सबैभन्दा ठूलो उपलब्धि हुनेछ । घरको वातावरणलाई व्यवस्थित बनाउन तपाईंको भूमिका महत्त्वपूर्ण बन्नेछ । नजिकका व्यक्तिको विश्वास जित्ने अवसर प्राप्त हुनेछ । पहिलाका अनुभवले अहिले सही निर्णय लिन सहयोग गर्नेछन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
तपाईंको व्यक्तित्व र नेतृत्व क्षमताले यो साता विशेष प्रभाव छोड्नेछ । अरूले पन्छिएका जिम्मेवारी तपाईंले सफलतापूर्वक सम्हाल्न सक्ने अवस्था बन्नेछ । आफ्नो निर्णयमा दृढ रहँदा सम्मान र विश्वास दुवै बढ्नेछ । मध्य सातातिर नयाँ लक्ष्य निर्धारण गर्ने प्रेरणा मिल्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साताको प्रारम्भमा व्यवस्थित योजना र सूक्ष्म विश्लेषणले तपाईंलाई अरूभन्दा एक कदम अगाडि राख्नेछ । अधुरा कागजी काम, हिसाब किताब पूरा गर्ने योग साताभरी रहिरहनेछ । साताको मध्यमा अनुभवभन्दा पनि तयारीले राम्रो परिणाम दिलाउनेछ । दैनिक कार्यतालिकामा सुधार ल्याउँदा कामको चाप सहज रूपमा सम्हाल्न सकिनेछ । आफ्नो सीपलाई अझ निखार्ने अवसर प्राप्त हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भमा सम्बन्ध, सहकार्य र सन्तुलनले तपाईंको यात्रालाई सहज बनाउनेछ । प्रेम सम्बन्धमा मधुरता बढ्नेछ । दाम्पत्य जीवन सुखद रहनेछ । आफ्नो क्षमतामा विश्वास बढ्नेछ । भाग्यले साथ दिने संकेत देखिन्छ । महत्त्वपूर्ण निर्णयमा सफलता मिल्न सक्छ । जिम्मेवारी सफलतापूर्वक पूरा हुनेछ । आत्मिक शान्तिको अनुभूति हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भमा आत्मसंयम र गोपनीयताले व्यक्तित्व बलियो बनाउनेछ । पारिवारिक सहयोगले मन प्रसन्न रहनेछ । साथीभाइसँगको सम्बन्ध अझै बलियो बन्नेछ । शुभ समाचार सुन्न पाउने योग रहेको छ । मान सम्मानमा वृद्धि हुनेछ । व्यापारमा लाभ हुने योग देखिन्छ । साताको मध्यमा अनुसन्धान, खोज वा गहिरो अध्ययनसँग सम्बन्धित काममा उल्लेखनीय उपलब्धि प्राप्त हुन सक्छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साताको प्रारम्भमा लामो समयदेखि मनमा रहेको उद्देश्यलाई स्पष्ट रूप दिन अनुकूल वातावरण बन्नेछ । टाढाको योजना, अध्ययन वा अनुभव सम्बन्धित विषयले विशेष प्राथमिकता पाउनेछन् । साताको मध्यतिर अनुभवी व्यक्तिसँगको भेटघाटले सोच्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन सक्छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
साताको प्रारम्भमा अनुशासन र निरन्तरताको परीक्षा हुने समय रहनेछ । अरूले नदेखेका साना कामलाई पनि जिम्मेवारीपूर्वक पूरा गर्दा ठूलो उपलब्धिको आधार तयार हुनेछ । विद्यार्थीका लागि अध्ययनमा प्रगति हुनेछ । साताको मध्यमा पुरानो अनुभवले कठिन निर्णयलाई सहज बनाउन मद्दत गर्नेछ । भाग्यले साथ दिने योग साताभरीनै रहनेछ । रोकिएका काम पूरा हुनेछन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साताको प्रारम्भमा भविष्यलाई लक्षित गरी बनाइएका योजनाले विस्तारै आकार लिन थाल्नेछन् । सिर्जनात्मक कार्यमा सफलता प्राप्त हुनेछ । नयाँ सम्पर्क लाभदायी बन्नेछ । साताको मध्यमा आर्थिक पक्षमा सुधार आउनेछ । व्यापारिक निर्णयबाट लाभ मिल्ने योग छ । आम्दानीका नयाँ स्रोत खुल्न सक्छन् । स्वास्थ्य सन्तुलित रहनेछ । अध्ययनमा राम्रो प्रगति हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साताको प्रारम्भमा कला, साहित्य, संगीत वा आध्यात्मिक विषयमा रुचि अझ गहिरो बन्न सक्छ । समयको सदुपयोगले ठूलो उपलब्धि दिलाउनेछ । आर्थिक उन्नतिको संकेत देखिन्छ । नयाँ काम सुरु गर्न अनुकूल समय रहनेछ । स्वास्थ्य सबल रहनेछ । परिवारबाट प्रेरणा प्राप्त हुनेछ । साताको मध्यमा सेवा, सहयोग वा परोपकारसँग सम्बन्धित कामले आत्मिक सन्तुष्टि दिलाउन सक्छ ।






