एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ४२ हजार ६१८ कोभिड १९ संक्रमित पहिचान भएका छन् । पहिचान भएका संक्रमित मध्ये २९ हजार ३२२ जना केरलामा भेटिएका हुन् । यस्तै, देशभर ३६ हजार ३८५ जना संक्रमण मुक्त भएका छन् ।
पछिल्लो दुई हप्तायता भारतमा संक्रमण दर फेरि उकालो लागेको छ । दैनिक करिब ४० हजार संक्रमितच पहिचान भइरहेका छन् । केरलामा संक्रमण दर बढ्दा भारतमा फेरि संक्रमणको त्रास बढेको छ । संक्रमितको संख्या बढेसँगै सक्रिय कोरोना संक्रमितको संख्या फेरि ४ लाख नाघेको छ ।
हाल भारतभर सक्रिय कोरोना संक्रमितको संख्या ४ लाख ५ हजार ६८१ पुगेको छ । यस्तै, संक्रमणका कारण थप ३३० जनाको मृत्यु भएको छ । हालसम्म संक्रमणका कारण ४ लाख ४० हजार २२५ जनाको मृत्यु भइसकेको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५८ लाख ८५ हजार ६८७ जनाले कोरोना भाइरसविरुद्ध खोप लगाएका छन् । भारतमा हालसम्म ६७ करोड ७२ लाख ११ हजार २०५ जनाले खोप लगाइसकेका छन् ।






