मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज तपाईंमा नयाँ काम गर्ने उत्साह र आत्मविश्वास बढ्नेछ । लामो समयदेखि रोकिएका कामले गति लिन सक्छन् । व्यापार तथा व्यवसायमा नयाँ अवसर देखिए पनि निर्णय लिनुअघि राम्रोसँग विचार गर्नुहोला । आर्थिक अवस्थामा सुधार आउने संकेत छ, तर फजुल खर्चले समस्या निम्त्याउन सक्छ । पारिवारिक साथ र सहयोगले मन प्रसन्न रहनेछ । मान्यजनको सुझावले महत्त्वपूर्ण निर्णय लिन सहज हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज पारिवारिक सम्बन्धमा आत्मीयता र सद्भाव बढ्नेछ । व्यवसायमा विगतको मेहनतले सकारात्मक परिणाम दिन सक्छ । पुराना चिनजानका व्यक्तिबाट सहयोग तथा नयाँ अवसर प्राप्त हुने सम्भावना छ । आर्थिक कारोबार गर्दा सोच विचार गर्नुहोला र अनावश्यक खर्चबाट टाढा रहनुहोला । प्रेम तथा दाम्पत्य जीवनमा आपसी समझदारी बढ्नेछ । धार्मिक र सामाजिक गतिविधिमा सहभागी हुने अवसर मिल्न सक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज ज्ञान, सीप र अनुभवलाई व्यवहारमा उतार्ने अवसर प्राप्त हुनेछ । अध्ययन, लेखन, पत्रकारिता तथा सञ्चार क्षेत्रमा आबद्ध व्यक्तिहरूका लागि दिन फलदायी रहन सक्छ । नयाँ योजना बनाउने सोच सफल हुन सक्छ, तर कामको जिम्मेवारी आफैँले लिनु उचित हुनेछ । आर्थिक लेनदेनमा विशेष सतर्कता अपनाउनुहोला । पारिवारिक वातावरण सुखद रहनेछ भने छोटो दूरीको यात्राको सम्भावना पनि देखिन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज भावनात्मक रूपमा आफूलाई सहज र शान्त महसुस गर्नुहुनेछ । परिवार तथा आफन्तसँगको सम्बन्धमा न्यानोपन बढ्नेछ । कार्य क्षेत्रमा जिम्मेवारी थपिन सक्ने भएकाले समय व्यवस्थापनमा ध्यान दिनुहोला । व्यवसायमा सामान्य प्रगति हुनेछ । आर्थिक विषयमा अनावश्यक जोखिम नलिनु राम्रो हुनेछ । प्रेम सम्बन्धमा एकअर्काको भावना बुझ्न सके आत्मीयता अझ बढ्नेछ । स्वास्थ्यमा लापरबाही नगर्नुहोला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज तपाईंको व्यक्तित्व र कामको प्रशंसा हुन सक्छ । सामाजिक तथा व्यावसायिक क्षेत्रमा आफ्नो प्रभाव बढाउने अवसर मिल्नेछ । नयाँ जिम्मेवारी प्राप्त हुन सक्ने भएकाले त्यसलाई आत्मविश्वासका साथ पूरा गर्नुहोला । आम्दानीको सम्भावना रहेपनि विलासिताका सामग्रीमा बढी खर्च हुन सक्छ । बोलीमा संयम र व्यवहारमा विनम्रता अपनाउँदा सम्बन्ध अझ प्रगाढ बन्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज योजनाबद्ध रूपमा काम गर्दा राम्रो उपलब्धि हासिल गर्न सकिनेछ । रोकिएका काम टुंग्याउन र पुराना आर्थिक हिसाब मिलाउन अनुकूल समय छ । नयाँ व्यवसाय वा लगानीको सोच बनाउन सकिनेछ, तर पर्याप्त अध्ययन नगरी पैसा लगानी नगर्नुहोला । पारिवारिक विषयमा आफ्नो विचार अरूमाथि थोपर्नुभन्दा आपसी समझदारी कायम गर्नु राम्रो हुनेछ । नयाँ सीप सिक्ने अवसर समेत प्राप्त हुन सक्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज सहकार्य र आपसी समझदारीबाट महत्त्वपूर्ण काम सम्पन्न हुन सक्छन् । व्यापारमा साझेदारी तथा नयाँ सम्पर्कले फाइदा पुर्याउने सम्भावना छ । आम्दानीको तुलनामा खर्च बढ्न सक्ने भएकाले आर्थिक योजना बनाएर अघि बढ्नुहोला । जीवन साथीसँगको सम्बन्धमा विश्वास र निकटता बढ्नेछ । पुराना असमझदारी हटाउन पहल गर्दा राम्रो परिणाम मिल्नेछ । धार्मिक कार्यमा मन जानेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज आफ्नो लक्ष्यप्रति दृढ रहन सके महत्त्वपूर्ण सफलता हात पार्न सक्नुहुनेछ । काममा देखिएका चुनौतीलाई धैर्यपूर्वक सामना गर्नुहोला । व्यवसायमा नयाँ सम्भावना देखिए पनि परिणाम प्राप्त गर्न निरन्तर मेहनत आवश्यक हुनेछ । आर्थिक कारोबार गर्दा विशेष सावधानी अपनाउनुहोला । प्रेम सम्बन्धमा शंका र अविश्वासभन्दा स्पष्ट कुराकानीलाई प्राथमिकता दिनुहोला ।
धनु (ये, यो, भा, भि, भु, ध, फा, ढा, भे)
आज धार्मिक, आध्यात्मिक तथा ज्ञानमूलक विषयमा रुचि बढ्नेछ । नयाँ कुरा सिक्ने र आफ्नो क्षमता विस्तार गर्ने अवसर मिल्न सक्छ । पेशागत क्षेत्रमा भविष्यका योजना अघि बढाउन सकिनेछ । आर्थिक अवस्थामा सुधारको संकेत देखिए पनि ठूलो लगानी गर्नुअघि पर्याप्त तयारी गर्नुहोला । परिवारसँगको समय सुखद रहनेछ । प्रेम सम्बन्धमा आपसी विश्वास बढ्नुका साथै मनका कुरा साटासाट गर्ने अवसर मिल्नेछ ।
मकर (भो, जा, जि, खि, खु, खे, खो, गा, गि)
आज कामको जिम्मेवारी पूरा गर्न अपेक्षाभन्दा बढी मेहनत गर्नुपर्ने हुन सक्छ । विगतका अनुभवले नयाँ निर्णय लिन र समस्याको समाधान खोज्न सहयोग पुर्याउनेछ । व्यापार तथा रोजगारीमा स्थिर प्रगति हुनेछ । आर्थिक पक्ष बलियो बनाउन बचत र दीर्घकालीन योजनामा ध्यान दिनुहोला । परिवारमा विचारको भिन्नता देखिएपनि धैर्यपूर्वक छलफल गर्दा परिस्थिति सहज बन्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज सिर्जनात्मक सोच र नयाँ योजनाले तपाईंलाई अघि बढ्न प्रेरित गर्नेछन् । साथीभाइ तथा सहकर्मीको सहयोगबाट कठिन काम समेत सहज बन्न सक्छ । व्यावसायिक क्षेत्रमा नयाँ सम्पर्क स्थापित हुने सम्भावना छ । आर्थिक कारोबारमा स्पष्टता राख्नुहोला र हतारमा कुनै सम्झौता नगर्नुहोला । परिवारमा खुसी र सौहार्दपूर्ण वातावरण रहनेछ । जीवन साथीसँगको सम्बन्धमा मधुरता बढ्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज तपाईंको मन आध्यात्मिक र रचनात्मक गतिविधितर्फ आकर्षित हुन सक्छ । परिवारसँग समय बिताउने अवसर मिल्नेछ । कार्य क्षेत्रमा नयाँ जिम्मेवारी थपिन सक्ने भएकाले आत्मविश्वासका साथ अघि बढ्नुहोला । व्यवसायमा सामान्य लाभको सम्भावना छ । आर्थिक विषयमा संयम अपनाउँदै बचतलाई प्राथमिकता दिनु उचित हुनेछ । प्रेम सम्बन्धमा विश्वास र आत्मीयता बढ्नेछ ।




