एजेन्सी । अफ्रिकाको रवान्डामा एक महिलाले दुर्लभ बच्चलाई जन्म दिइन् । बच्चा जन्मिएको केही समयपछि पीताले ‘सैतानको बच्चा’ भनेर उनकी आमालाई छोडिदिए । तब महिलाले सन्तानलाई एक्लै सम्हालिन ।
ती बालक दुर्लभ बिमारीका कारण निकै कुरुप भएका छन् । बच्चाको अनुहार निकै डरलाग्दो देखिन्छ । उनैको कारण उनका पीताले उनकी आमा बाजेनेन्जा लिबर्टालाई छोडेका हुन् । लिबर्टा एक्लैले बच्चा हुर्काइन् ।
बच्चालाई लिएर गाउँलेहरुले पनि मजाक उडाए, उनलाई नानाभाँती भने । यसैबीच बच्चाको उपचारका लागि एक अभियान चलाइएको छ ।लिबर्टा र उनको बच्चाको उपचारका लागि बिदेश पठाउनका लागि पैसा जुटाउन एक पेज समेत बनाइएको छ ।
डेली स्टार रिपोर्टका अनुसार अहिलेसम्म ५८ लाख भन्दा बढी रकम जुटिसकेको छ । धेरै मानिसहरुले उनको सुस्वास्थ्यको कामना गरिरहेका छन् भने पीतालाई गाली गरिरहेका छन् ।






