क्वीटो । इक्वेडरको एक कारागारमा झडप हुँदा कम्तिमा २४ जनाकाे ज्यान गएकाे छ । कारागारमा राखिएका कैदीहरुबीच भएको झडपमा २४ जनाकाे ज्यान गएकाे हाे । त्यस क्रममा अरु ४२ जना घाइते भएका छन् ।
घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । मंगलबार यहाँको समुन्द्रीय तटीय नगर गाकुइलमा रहेको जेलमा सो झडप भएको थियो । प्रहरीले ती कैदीहरुबीच के कति कारणले झडप भएको हो भन्ने बारेमा अनुसन्धान जारी रहेको जनाएको छ ।






