एजेन्सी । छत्तीसगढको बालोदबजार जिल्लाको सानो गाउँ खिंडाका प्रसिद्ध जुम्ल्याहा दाजुभाइको शङ्कास्पद अवस्थामा मृत्यु भएको छ । खाँडा गाउँका बासिन्दा जुम्ल्याहा दाजुभाइ शिवनाथ र शिवरामको मृत्युलाई धेरैले शंकास्पद भन्दै आइरहेका छन् । तर परिवारले भने उनीहरूकाे सामान्य ज्वरोका कारण मृत्यु भएको अनुमान लगाएकाे छ ।
यी दाजुभाइ छत्तीसगढमा मात्र नभई देशभर प्रसिद्ध थिए । अनाैठाे शारिरीक रुप तथा बनावटका कारण उनीहरूलाई हेर्न देशभरका मानिसहरु आउने गर्थे । यी देशका एक यस्ता जुम्ल्याहा थिए जसलाई जनताले एक जिस्म दो जानको नामले चिन्छन् । शिवराम र शिवनाथको दुई खुट्टा, चार हात र दुई टाउकोको अद्भुत शारीरिक संरचना थियो ।
जिल्लाको खाँडा गाउँका २१ वर्षीय जुम्ल्याहा भाइ शिवराम र शिवनाथको जन्म सन् २००० मा भएको थियो । भनिन्छ, यस्तो अनुपम भौतिक संरचनाको देशमा कुनै जन्म भएको थिएन, जसका कारण हेर्न टाढा टाढाबाट मानिसहरु आउने गर्थे ।

तर, शिवनाथ र शिवराम चर्चित हुनुका साथै लागुऔषधको लतमा पनि फसेका थिए । उनीहरूकाे को मृत्यु पनि मादक पदार्थ सेवनबाट भएको बताइएको छ तर पोष्टमार्टम नहुँदा मृत्युको वास्तविक कारण खुल्न सकेको छैन ।






