काठमाडौं । पेरिस सेन्ट जर्मेन पीएसजीका फरवार्ड लिओनल मेस्सीले पुनः बार्सिलोनामै फर्किने इच्छा व्यक्त गरेका छन् । केही महिना अघि मात्रै बार्सिलोना छाडेर पीएसजी गएका उनले प्राविधिक सचिवको रुपमा पुन फर्किने इच्छा जाहेर गरेका हुन् ।
उनले स्पोर्टसँग कुरा गर्दै भनेका छन्, ‘बार्सिलोनालाई म माया गर्छु, म क्लबलाई जसरी पनि मद्दत गर्न चाहन्छु । उनीहरुलाई राम्रो बनाएर विश्वकै उत्कृष्ट टिम बनाउन चाहन्छु ।’ उनले बार्सिलोनालाई जसरी पनि मद्दत गर्ने प्रतिबद्धता जनाउँदै उनले क्लबमा फर्केर सक्दो योगदान गर्ने बताए ।
मेस्सीले गत श्रावणमा बार्सिलाेना छाेडेका थिए । क्लब छाेड्ने निर्णय सार्वजनिक गर्न जारी गरेकाे विज्ञप्तिमा उनले भनेका थिए, ‘फुटबल क्लब बार्सिलोना र लियोनेल मेस्सी दुवै पक्ष नयाँ करार सम्झौता गर्ने सहमति र स्पष्ट उद्देश्यसहित आज छलफलमा बसेपनि आर्थिक र संरचनात्मक बाधा (स्पेनिस ला लिगाको नियम) का कारण त्यो सम्भव हुन सकेन ।’






