एजेन्सी । टी–२० विश्वकपमा भारतको लगातार दुई पराजयपछि हंगामा मच्चिएको छ । कप्तान विराट कोहलीलाई सामाजिक सञ्जालमा निशाना बनाइएको छ, उनको परिवारलाई धम्की दिइएको छ । यस्तो अवस्थामा अब कांग्रेस सांसद राहुल गान्धीले कप्तान विराट कोहलीलाई समर्थन गरेका छन् ।
कांग्रेस नेता राहुल गान्धीले ट्वीट गर्दै विराट कोहलीलाई अपील गरेका छन् – ‘यी सबै मानिसहरू (ट्रोलरहरू) घृणाले भरिएका छन्, जसलाई कसैले माया गर्दैन । तिनीहरूलाई माफ गरिदिनुहोस् । तपाईँ टोली बचाउनुहाेस् ।’
हालै पाकिस्तानबाट हारपछि मोहम्मद शमीलाई निशाना बनाउँदा राहुल गान्धीले उनको समर्थन गरेका थिए । राहुल गान्धीले मोहम्मद शमीलाई पनि त्यस्ता घृणा गर्नेहरूलाई माफ गर्न भने, किनकि उनीहरूलाई कसैले माया दिँदैन ।
पाकिस्तान र न्यूजिल्याण्डसँगको हारपछि कप्तान विराट कोहली सबैको निशानामा छन् । उनलाई खराब कप्तान, टोलीको खराब प्रदर्शनको बारेमा धेरै भनिएको छ, तर सबैभन्दा नराम्रो कुरा के हो भने विराट कोहलीकी १० महिनाकी छोरीको बारेमा आपत्तिजनक कुराहरू भनिएको छ ।
पछिल्लो केही दिनयता विराट कोहली सामाजिक सञ्जालमा आलोचनाको सिकार बनिरहेका छन्, यसको पछाडिको कारण हार मात्रै होइन । वास्तवमा, केही दिन अघि विराट कोहलीले दीपावली मनाउने सहि तरिकाको बारेमा कुरा गरेका थिए जसमा उनी ट्रोल भएका थिए ।
पछि जब विराट कोहलीले आफ्नो टोलीका सदस्य मोहम्मद शामीको बचाउ गरे, तब पनि सामाजिक सञ्जालमा विराट कोहलीलाई निशाना बनाइयो । यस्तो अवस्थामा जब भारतीय टोलीका कप्तान ट्रोलको निशानामा परे, तब धेरै क्षेत्रका मानिस उनको समर्थनमा उत्रिएका छन् ।






