एजेन्सी । सियरा लियोनको राजधानी फ्रीटाउनमा एउटा इन्धन बोकेको ट्यांकर अर्को लरीसँग ठोक्किएपछि भएको बिस्फोटमा कम्तीमा ९४ जनाको मृत्यु भएको छ । बिस्फोटमा दर्जनौं मानिस घाइते भएका छन् ।
लरीसँग ठोकिएपछि टयांकरको इन्धन पोखिएको थियो । त्यसपछि लागेको आगोले वरपरका मानिस र सवारी साधनमा सल्किएको थियो । ट्याकर नजिक मानिसहरुका डढेका शव छरपस्ट देखिएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
ट्यांकर ठोकिएपछि भएको आगोलागीबाट ठूलो मानवीय क्षति भएको प्रति राष्ट्रपति जुलियस मादा बायोले गहिरो दुःख व्यक्त गरेका छन् । दुर्घटनापछि जलेर १०० भन्दा बढी मानिसको ज्यान गएको फ्रीटाउनका मेयर वाइभोन सवेरले बताएका छन् । फ्रीटाउन वरिपरिका स्वास्थ्यकेन्द्रमा १०० जनाको उपचार भइरहेको बताइएको छ ।






