काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२१ को सेमिफाइनलमा पाकिस्तानले इतिहास रचेको छ । पाकिस्तानले सर्वाधिक पटक टी-२० विश्वकपको सेमिफाइनल पुग्ने इतिहास बनाएको हो ।
पाकिस्तानले यस मामिलामा श्रीलंका, भारत, अष्ट्रेलिया र वेस्टइण्डिजलाई पछि पारेको छ । पाकिस्तान कीर्तिमानी पाँचौँ पटक टी-२० विश्वकपको सेमिफाइनलमा पुगेको छ भने पाकिस्तानपछि अष्ट्रेलिया, श्रीलंका र वेस्टइण्डिज क्रमशः चार चार पटक सेमिफाइनल पुगेका छन् ।
दक्षिण अफ्रिकासँगको अन्तिम लिग खेलमा हार व्यहोरे पनि इंग्ल्याण्डको टोली तेस्रो पटक टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । योसँगै न्युजिल्याण्डले तेस्रो पटक र भारतले चौथो पटक यस्तो गर्ने मौका पाएको छ ।
सन् २००९ को टी-२० विश्वकपको विजेता टोली सात पटकमध्ये पाँच पटक सेमिफाइनल खेलेको छ भने पछिल्ला दुई प्रतियोगितामा टोलीको प्रदर्शन राम्रो थिएन । पाकिस्तान सन् २०१४ र २०१६ मा भएको आईसीसी टी-२० विश्वकपको सेमिफाइनलमा पुग्न सकेको थिएन ।
सन् २००७ मा एमएस धोनीको कप्तानीमा भारतले टी-२० विश्वकप जित्दा पाकिस्तान उपविजेता बनेको थियो । पाकिस्तानले सेमिफाइनल जित्यो भने सबैभन्दा धेरै पटक फाइनल पुग्ने टोली बन्नेछ । पाकिस्तान, इङ्ल्यान्ड, अष्ट्रेलिया र न्युजिल्याण्ड टी-२० विश्वकप २०२१ को सेमिफाइनलमा पुगेका छन् ।
सबैभन्दा धेरै पटक टी-२० विश्वकपको सेमिफाइनल पुग्ने टोलीहरूः
पाँच पटक–पाकिस्तान
चार पटक–अष्ट्रेलिया
चार पटक–श्रीलंका
चार पटक– वेस्ट इन्डिज
तीन पटक– इंग्ल्याण्ड
तीन पटक–भारत
तीन पटक–न्युजिल्याण्ड
दुई पटक–दक्षिण अफ्रिका






