काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा काठमाडौंबाट हेटौँडा आइरहेको ट्याक्सी खस्दा एक जनाको मृत्यु भएको छ । ना २ ज २९६८ नम्बरको ट्याक्सी दुर्घटना हुँदा पर्सा घर भएकी ३५ वर्षीया शिव जानकी चौधरीको मृत्यु भएको हो ।
यस्तै, दुर्घटनामा चालकसहित दुईजना घाइते भएका छन् । घाइते हुनेमा पर्साकै ४० वर्षीय सुरेन्द्र महतो र ट्याक्सीमा सवार सर्लाहीका ४१ वर्षीय रामचन्द्र शाह रहेका छन् । घाइतेमध्ये महतोको काठमाडौंमा उपचार भइरहेको छ । साह भने उपचारपछि घर फर्किएका छन् ।






