काठमाडौं । अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकपका लागि अहिलेसम्म १३ राष्ट्र छनोट भइसकेका छन् । २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपका लागि फ्रान्स, जर्मनी, डेनमार्क, बेल्जियम क्रोएसिया, स्पेन, सर्बिया, स्विट्जरल्यान्ड, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, ब्राजिल, अर्जेन्टिना, कतार रहेका छन् । कतार विश्वकपको आयोजक पनि हो ।
छनोट चरणका खेलहरू चलिरहेका छन् । कतार आयोजकका रुपमा सिधै विश्वकपमा छनोट भएको हो भने बाँकी १२ राष्ट्र छनोट चरण पार गर्दै विश्वकपमा स्थान पक्का गरेको हुन् । अब १९ राष्ट्र छनोट हुन बाँकी छ ।
फिफा विश्वकप प्रतियोगिता विश्वमा सधै भन्दा प्रसिद्ध फुटबल प्रतियोगिता हो । यो प्रतियोगिता हरेक ४–४ वर्षको अन्तरालमा प्रत्येक संस्करणमा फरक फरक राष्ट्रहरूमम आयोजना हुने गर्दछ । यो प्रतियोगिता सबैभन्दा धेरै पटक ब्राजिलले जितेको छ । ब्राजिलले सर्वाधिक पाँच पटक फिफा विश्वकप जिति फुटबल जगत् आफूलाई सर्वमान तुल्याउन सफल भएको छ ।
यस्तै अन्तिम पटक भएको विश्वकप भने फ्रान्सले जितेको थियो । यो फ्रान्सको दोस्रो फिफा विश्वकप उपाधि थियो । २०१८ फिफा विश्वकपको आयोजक रसिया रहेको थियो । हालसम्म जम्मा १७ फरकफरक राष्ट्रहरूले मात्र फिफा विश्वकपको आयोजना गरेको छ ।




