काठमाडौं । नेपालले खेल्न बाँकी फिफा विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गतका खेलहरु कुवेतमा हुने भएको छ । एसियन फुटबल कन्फडेरेसन एएफसीले शुक्रबार नेपालका बाँकी खेलहरु कुवेतमा हुने जनाएको हो । समूह ‘बी’का खेलहरु कुवेतमा हुने भएका हुन् ।
कोरोना भाइरसको महामारीले अन्तर्राष्ट्रिय यात्रामा भएको प्रतिबन्धका कारण छनोटका बाँकी खेलहरु अर्को देशमा हुन लागेको हो । छनोटको बाँकी खेलहरु आगामी मे ३१ देखि जुन १५ तारिखसम्म हुनेछ ।
नेपालले लिगमा एक खेलमा मात्र जित हासिल गरेको छ । नेपालको ५ खेलबाट ३ अंक रहेको छ । नेपालले अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेईसँग खेल्न बाँकी छ ।






