काठमाडौं । उमेरको उत्तरार्द्धमा चन्द्रपुर–२ पैनीटोलका भक्तबहादुर पाण्डेसँग सुनाउनु पर्ने विगतका यादभन्दा बल्झिरहने दुःखको घाउ मात्रै छ । उनको दुःखको कथा गौर हत्याकाण्डसँग जोडिएको छ । कान्तिपुर दैनिकमा शिव पुरीले खबर लेखेका छन् ।
२०६३ चैत ७ गते अपराह्न गौर नगरपालिकास्थित राइस मिल मैदानमा भएको अकल्पनीय घटनाले पाण्डे परिवारलाई अझै सताइरहेको छ । भक्तबहादुरका २० वर्षीय छोरा दीपक पाण्डेको गौर हत्याकाण्डमा मृत्यु भयो तर पाण्डे दम्पतीले शवसमेत हेर्न पाएनन् ।
अहिले उनीहरू बेसहारा छन् । १४ वर्ष बितिसक्दा पनि दोषीलाई कारबाही भएको छैन । कुनै युद्धभूमिमा लडाइँ हुँदै गरेको फिल्मको झल्को आउने त्यो क्रूर घटनामा तत्कालीन मधेसी जनअधिकार फोरमका नेता उपेन्द्र यादव, पूर्वसभासद बबन सिंह, प्रदेशसभा सांसद बाबुलाल साह लगायत १ सय १३ जनाको नाम जोडिएको छ ।






