काठमाडौं । बसन्तपुरमा दुई युवा समूहबीच खुकुरी हानाहान भएको छ । सामान्य विवादमा खुकुरी तथा फलामको रड प्रहार भएको हो ।
प्रहारबाट ४ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । महानगरीय प्रहरी वृत जनसेवाको टोलीले खुकुरी प्रहार गरेको अभियोगमा ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिहेको छ ।






