सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका १ को पुर्व पश्चिम लोकमार्ग स्थित लालबन्दी र नवलपुरको बीचमा रहेको लच्काबाट प्रहरीले लागूऔषध सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लालबन्दी नगरपालिका १ को पुर्व पश्चिम लोकमार्ग स्थित लालबन्दी र नवलपुरको बीचमा रहेको लच्काबाट प्रहरीले लागूऔषध गाँजा सहित २ जनालाई नियन्त्रणमा लिएको हो ।
लालबन्दी नगरपालिका १ को पुर्व पश्चिम लोकमार्ग स्थित लालबन्दी र नवलपुरको बीचमा रहेको लच्काबाट विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा प्र. २-०२-००५ प २२०६ नं. को मोटरसाईकललाई शंका लागि चेकजाँच गर्दा धनुषा सबैला नगरपालिका १२ का अन्दाजी वर्ष ४१ का बिनोद महरा र सोही मोटरसाईकलमा पछाडि सवार सोही ठाँउका अन्दाजी वर्ष ४२ का राजाराम कापर र उनीहरुको साथबाट ५ किलो लागूऔषध गाँजा बरामद् गरिएको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक शान्तराम कार्कीले जानकारी दिए ।
मोटरसाईकलमा पछाडि बोकेको कालो झोलाभित्र प्लास्टिकले बेरेको ५ किलो लागूऔषध गाँजा मोटरसाईकलमा सवार २ जना र मोटरसाईकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिईएको लागुऔषध गाजाँ, मोटरसाईकल र दुवै जनालाई पक्राउ गरेर ईलाका प्रहरी कार्यालय लालबन्दीको नियन्त्रणमा राखेर थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।






