काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको शम्भुनाथ नगरपालिकामा कार्यरत इन्जिनियर रामचन्द्र साहलाई १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।
इटहरी कार्यालयबाट खटिएको टोलीले उनलाई मंगलबार कार्यकक्षबाटै पक्राउ गरेको हो । निर्माण कार्यको भुक्तानी बापत सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा साहलाई पक्राउ गरेको जनाइएको छ ।






