काठमाडौं । कोरोना भाइरसको दोस्रो लहरको संक्रमण फैलिएसँगै विभिन्न ८ जिल्लामा लकडाउन र निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयका सूचना अधिकारी खुमकान्त आचार्यका अनुसार बाँके र सुर्खेतमा जिल्लाभरी लागू हुने गरी र बाग्लुङ, कालिकोट र बदिर्यामा आंशिकरुपमा निषेधाज्ञा लागू भएको छ ।
यस्तै काठमाडौं, ललितपुर र भक्तपुरमा बिहीबारदेखि लागू हुने गरी लकडाउन घोषणा गरिएको छ । मन्त्रिपरिषद् बैठकले ग्रामिण क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० सक्रिय संक्रमित भए स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्न सक्ने गरी निर्णय गरेको छ । हाल ९ बढी जिल्लामा ५०० बढी सक्रिय संक्रमित रहेको भएपनि निषेधाज्ञा वा लकडाउनको निर्णय ८ जिल्लामा भएको हो ।






