काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा जुनसुकै विषयमा स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीले स्नातकोत्तर तहमा नेपाली विषय पढ्न पाउने भएका छन् ।
त्रिवि नेपाली विषय स्थायी समिति, विद्यापरिषद् स्थायी समिति तथा प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले जुनसुकै विषयबाट स्नातक तह उत्तीर्ण गरेकाले स्नातकोत्तर तहमा नेपाली विषय पढ्न दिने निर्णय गरेको हो ।
त्रिविबाट कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण भएको वा त्रिविबाट मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण भएको र त्रिविबाट स्नातक तहको समकक्षता प्राप्त गरेको हुनुपर्नेछ ।





