रौतहट । सरस्वती माध्यमिक विद्यालय पिपरा भलोहियामा अनियमितता भएको आरोप लगाउँदै शिक्षकले अख्तियारमा उजूरी दिएका छन् । विद्यालयका तत्कालीन प्रअ यदुनी दासले विभिन्न शीर्षकमा अनियमितता गरेको उजूरीमा उल्लेख छ ।
दुर्गाभगवती गाउँपालिका २ स्थित सरस्वती माध्यमिक विद्यालय, पिपरा भलोहियाका तत्कालीन प्रधानाध्याकले विभिन्न शीर्षकमा लाखौं रकम अनियमिता गरेको भन्दै विद्यालयका शिक्षक विपिनकुमार पाण्डेले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडामा उजूरी दिएका हुन् ।
२०७९ मङ्सिर महिनामा सरुवा भएर अनोहोतीलाल माध्यमिक विद्यालय वसन्तपट्टीमा कार्यरत प्रअ यदुनी दासले विद्यालयको रकम पटक पटक गरेर आफ्नो नाममा रहेको बैंक खातामा हाल्न लगाएको उजूरीमा उल्लेख छ ।




