वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकामा कार्यरत कर्मचारीलाई सोही नगरपालिकामा कार्यरत अर्का कर्मचारीले जबरजस्ती करणी प्रयास गरेका छन् । नगरपालिकामै सरसरफाइ कर्मचारीको रुपमा कार्यरत महिला कर्मचारी माथि नगरपालिकाकै सरसफाइ नाइके रामबली हजारले जबरजस्ती करणीको प्रयास गरेका हुन् ।
पीडित महिला सरसफाइ कर्मचारीका आफन्तले पनि शुक्रबार राति जबरजस्ती करणीको प्रयास भएको बताएका छन् । शुक्रबार राति ९ बजे हजराले पीडित महिला कर्मचारीलाई नगरपालिका कार्यालयमा बोलाएका थिए । सरसफाइ गर्नु छ भन्दै हजाराले ती महिलालाई बारम्बार फोन गरेर सरसफाइका लागि बोलाएपछि महिला राति नै कार्यालय पुगेकी थिइन् ।
कार्यालयमा सरसफाइ गर्ने क्रममा हजराले जबरजस्ती करणीको प्रयास गरेका थिए । पीडित महिला कर्मचारीले शनिबार इलाका प्रहरी कार्यालय पोखरियामा जाहेरी दर्ता गराएकी छन् । पीडित महिलालाई स्वास्थ्य जाँचका लागि नारायणी अस्पतालमा पठाइएको छ । पीडक हजारा भने फरार रहेको तथा उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।




