वीरगंज । मानव बेचबिखन नियन्त्रण एकाइ इलाका मुख्यालय बेतियाको रक्सौलस्थित कार्यालयले एक जना भारतीय नाबालिकाको उद्धार गर्नुका साथै एक जनालाई पक्राउ गरेको छ ।
नेपाल–भारत मैत्रीपुलमा १३ वर्षीया किशोरी पुष्पादेवीलाई उद्धार गरिएको मानव बेचबिखन नियन्त्रण एकाइ इलाका मुख्यालय बेतियाको रक्सौलस्थित कार्यालयले नाबालिकालाई ललाइफकाइ नेपाल ल्याउँदै गरेका युवक इर्शाद खानलाई पक्राउ गरेको छ ।
प्रयास बाल सहायता केन्द्र, रक्सौलकी आरती कुमारीले नाबालिका पुष्पादेवीलाई काउन्सिलिङ गरेपछि उनी घरबाट रिसाएर निस्केको र रेलमा बसेको तथा सोही रेलमा इर्शाद खानसँग भेट भएको बताइन् ।
इर्शादले पुष्पाका परिवारसँग सम्पर्क गरेर उनलाई घर फर्काउने आश्वासनमा रकम लिएको तर घर नफर्काएपछि परिवारले प्रहरीलाई सो बारेमा जानकारी गराएको थियो ।
इर्शादले नेपाल घर ल्याउने क्रममा उनलाई पक्राउ गरिएको हो । पुष्पालाई भने घर परिवारको जिम्मा लगाउने प्रहरी निरीक्षक मनोजकुमार शर्माले बताए । उनले अभियुक्त इर्शादसँग सोधपूछ भइरहेको बताए ।




