सर्लाही । सर्लाहीमा सोमबार दिउँसो सेफ्टी ट्याङकीमा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्लाको ईश्वरपुर नगरपालिका ८ रामपुर निवासी कमल राउतका अढाइ वर्षीय छोरा सोहनको छिमेकी मानबहादुर कार्कीको ट्वाइलेटको सेफ्टी ट्याङकीमा डुबेर मृत्यु भएको हो ।
खेलिरहेका बालक जस्तापाताले छोपेर राखिएको सेफ्टी ट्याङकीको खाल्डोमा डुबेका थिए । बालक सोहनलाई तत्काल उपचारका लागि अमृत हेल्थ केयर बयलवास लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय केशरगन्जले जानकारी दिएको छ ।
मृतकको शव प्रादेशिक अस्पताल मलङ्गवामा पोष्टमार्टमपछि सोमबार साँझ अभिभावकलाई बुझाइएको प्रहरीले जनाएको छ ।




