प्युठान । प्युठानको झिमरुक गाउँपालिका ३ पिपल रूख भन्ने स्थानमा दुई जना झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । स्थानीय कर्णबहादुर खड्काका कान्छी श्रीमती ३४ वर्षीया विष्णा खड्का र उनको जेठी श्रीमतीका छोरा २१ वर्षीय छोरा रोहित खड्का मृत फेला परेका हुन् ।
आज बिहान ८ बजे उनीहरु मृत फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । उनीहरू घरबाट दुई सय मिटर पर रहेको काफलको बोटमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । उनीहरूले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




