वीरगंज । जिल्ला प्रहरी कार्यालय, बाराले प्रतिबन्धित लागूऔषधसहित चार जना युवकलाई पक्राउ गरेको छ । जीतपुर सिमरा उपमहानगरपालिका ३ बजनीबाट २ जना पक्राउ परेका छन् ।
प्र २–०३–०१६ प ०८८८ नम्बरको मोटरसाइकलमा सवार कलैया उपमहानगरपालिका वडा नं. १ बस्ने वर्ष ४३ को जयशङ्ककरप्रसाद यादव, पछाडि बस्ने वर्ष २४ का मनीषकुमार साहलाई लागूऔषधसहित पक्राउ गरेको जिप्रका, बाराले जनाएको छ ।
उनीहरूको साथबाट फेनरागन २९६ थान, डाइजेपाम ३०३ थान, बुप्रो नोर्फिन न ३०० थान बरामद गरेको जिप्रका, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।
यसैगरी, निजगढ नगरपालिका ९ शहीद चोकबाट वडा नं. ८ बुद्धचोक बस्ने वर्ष २० को विवेक मोक्तान र जीतपुरसिमरा उपमहानगरपालिका १६ टांगिया बस्ने वर्ष २० को सागर तामाङलाई ट्रामानिल १८० थानसहित पक्राउ गरिएको प्रवक्ता न्यौपानेले बताएका छन् ।






