सर्लाही । सर्लाहीमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । जिल्लाको मलंगवा ८ मलंगबाबा मन्दिर नजिक नाम, थर वतन नखुलेको व्यक्ती फेला परेका हुन् ।
जिन्स पाईन्ट, कालो सर्ट लगाएको अन्दाजी २०/२१ वर्षको युवक मुखबाट फिज निस्केको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
घटना बारे थाहा पाउना साथ प्रहरी चौकी गोरखकाली र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी टोली खटि गई मुचुल्का गरी शव प्रादेशिक अस्पताल मंलगवामा राखिएको छ ।




