सर्लाही । सर्लाहीको कर्णाली भनेर चिनिने नारायण खोलामा वर्थिङ्ग सेन्टर निर्माण सुरु भएको छ । जिल्लाको लालबन्दी नगरपालिका १४ नारायण खोलामा वर्थिङ्ग सेन्टर निर्माण सुरु भएको हो ।
लालबन्दी नगरपालिकाको सदरमुकामबाट करिब ३० किलो मिटरको दुरीमा रहेको सर्लाहीको कर्णाली भनेर चिनिने नारायण खोलामा वर्थिङ्ग सेन्टर निर्माण सुरु भएको लालबन्दी नगरपालिका १४ का वडा अध्यक्ष सुवाई सिंह ब्लोनले जानकारी दिनुभयो ।
प्रदेश २ को सामाजिक विकास मन्त्रालयको रु २० लाख आर्थिक सहयोगमा नारायण खोलामा वर्थिङ्ग सेन्टर निर्माण सुरु भएको लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखा सह संयोजक सुरेन्द्र खतिवडाले बताउनु भयो ।
स्वास्थ्य चौकी रहेपनि सो स्थानमा वर्थिङ्ग सेन्टर नहुँदा सो क्षेत्रका स्थानिय नागरिकहरुले प्रसुती गराउँन लालबन्दी ल्याउनु पर्ने बाध्यता रहेको थियो । अब सो क्षेत्रमा वर्थिङ्ग सेन्टर निर्माण भएपछि स्थानियबासीलाई प्रसुती गराउन नगरको सदरमुकाम लालबन्दी आउनु पर्ने बाध्यता हट्ने नगर स्वास्थ्य सह संयोजक खतिवडाले बताउनु भयो ।
चालु आर्थिक वर्षेमै निर्माण सम्पन्न गर्ने गरी वर्थिङ्ग सेन्टर निर्माणको काम सुरु भएको हो । निर्माण उपभोक्ता समिति मार्फत आफ्नै जमिनमा वर्थिङ्ग सेन्टर निर्माण सुरु भएको हो ।
हिउँदको समयमा सवारी साधन सहज रुपमा सञ्चालनमा हुने भएपनि वर्षायाम सुरु भएपछि खोलै खोलाको बाटो भएर उपचार गर्न आउनु पर्ने सो क्षेत्रमा रहेको नारायण खोला स्वास्थ्य चौकीमा हाल ६ जना कर्माचारी रहेका छन् ।
यस अघि निमावी सत्तासको भवन रहेको सो जमिनमा २०६२ सालमा उत्त जमिन स्वास्थ्य संस्था निर्माण गर्न दिने सहमती भएको भएपनि आन्तरीक विवादका कारण हाल सम्म पनि वर्थिङ्ग सेन्टर निर्माण हुन सकेको थिएन । पछि स्थानिय सरकार आएपछि पहल भएर वर्थिङ्ग सेन्टरको भवन निर्माणको काम सुरु भएको स्थानिय प्रेम बहादुर ल्होले बताउनु भयो ।
नारायण खोलामा वर्थिङ्ग सेन्टर निर्माण भएपछि हिउँद तथा वर्षायाममा खोलाको बाटो भएर प्रसुती गराउन करिब ३० किलो मिटर बोकेर जानु पर्ने बाध्यता हट्ने स्थानिय चन्द्र पाख्रिङ्गले बताउनु भयो ।
खोलै खोलाको बाटो भएर जानु पर्ने सो क्षेत्रमा कुनै पनि टेलिकम सेवा समेत उपलब्ध छैन । त्यस्तै एम्बुलेन्स तथा सवारी साधनको सहज सुविधा पनि नभएको स्थानियबासीले बताएका छन् ।






